नेभिगेशन
अर्थ विविध

खाडी मुलुककाे पैसाकाे मूल्य स्थिर,  के छ अन्य देशकाे विनिमय दर

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२  पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ५२ पैसा र विक्रीदर ३० रूपैयाँ ६६ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्री दर ३५ रूपैयाँ २६ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

कुवेती दिनार १ काे खरिददर ४३१ रूपैयाँ ०४ पैसा, बिक्रीदर ४३३ रूपैयाँ ०० पैसा रहेकाे छ भने बहराइन दिनार १ काे खरिददर ३४९ रूपैयाँ ४७ पैसा, बिक्रीदर ३५१ रूपैयाँ ०६ पैसा रहेकाे छ ।

ex 10-021675989259.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

उद्योगमा कोभिडको असर कायमै