Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्यचौकीकाे भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या

शुक्रबार, माघ २७, २०७९

ढोरपाटन- बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या भएको छ । निर्माण थालेको ७ वर्ष बित्दा पनि भवन अधुरै छ । 

२०७२ कात्तिकमा रछिना एन्ड कन्स्ट्रक्सन प्रा.लि.ले १८ महिनामा सक्ने गरी भवन निर्माणको जिम्मा लिएको थियो । अहिले वर्षौं पुरानो जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको छ । पटक-पटक म्याद थप गर्दा पनि भवन बनाउन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताए । निर्माण कम्पनीले हालसम्म ९० प्रतिशत काम सकेको छ । 

कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको बस्ताकोटीले बताए ।

'ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भएको छैन,' उनले भने।  

भवनको लागत १ करोड ७० लाख ४८ हजार रहेको छ । स्वास्थ्य चौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो पाेखे । एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्नेलगायत काम गरिँदै आएको छ । 

'पुरानो भवनमा पर्याप्त कोठा छैनन्, एकै पटक धेरै बिरामी आए  कहाँ जाँच गर्ने ?, कहाँ खोप लगाउने ?, कहाँ प्रसूति गराउने भन्ने समस्या हुन्छ', उनले भने।  

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्