नेभिगेशन
समाज विविध

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडौँ- कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । 

तराईका भूभागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध