Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूकम्प अपडेट : टर्की र सिरिया मृत्यु हुनेकाे संख्या २१ हजार नाघ्याे

मृतककाे संख्या अझै बढ्ने अनुमान
शुक्रबार, माघ २७, २०७९

काठमाडौँ– टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । उद्धार कार्यमा समस्या भएकाले पनि मृत्यु हुनेको संख्या निरन्तर बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अत्यधिक चिसोका कारण उद्धार कार्यमा कठिन भइरहेका हो । सोमबार गएकाे ७.८ म्याग्निच्युडको भूकम्पमा टर्कीमा १७ हजार ६७४ र सिरियामा ३ हजार ३७७ जनाको ज्यान गएको हो । 

अझै पनि यो संख्यामा वृद्धि हुने विज्ञहरूको अनुमान छ । सरकारको विपद् व्यवस्थापन गर्ने तरिकाप्रति जनतामा आक्रोश बढेको छ ।

कठिनाइहरूका बाबजुद हजारौँ स्थानीय र विदेशी खोजकर्ताले उद्धार जारी राखेका छन् । विज्ञहरूका अनुसार विपद्मा परेको पहिलो ७२ घन्टा बचाउनका लागि महत्वपूर्ण मानिन्छ । 

कुनै पनि प्राकृतिक प्रकोपको पहिलो २४ घन्टामा औसत बाँच्ने अनुपात ७४ प्रतिशत, ७२ घन्टापछि २२ प्रतिशत र पाँचौँ दिनमा ६ प्रतिशतमात्र हुने गरेको विज्ञहरूको भनाइ छ ।

चीन र अमेरिकालगायत दर्जनौँ देशले टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्व बैंकले टर्कीलाई राहत र उद्धार कार्यमा मद्दत गर्न १.७८ बिलियन डलर सहयोग गर्ने बताएको छ । 

विश्व बैंकले टर्कीमा अवस्थित २ परियोजनाहरूबाट तत्काल सहायताका लागि ७८० मिलियन अमेरिकी डलर प्रस्ताव गर्ने बताएको छ। राहत र पुनर्निर्माणका लागि १ अर्ब डलर छुट्टाछुट्टै दिइनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०९:४०
प्रतिक्रिया दिनुहोस्