नेभिगेशन
अर्थ विविध

१० कराेड घुस मागेको अडियो भेटिएपछि विमानस्थलका महाप्रबन्धक निलम्बित

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेलका अनुसार ठाकुरले थाइस्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो सामग्री प्राप्त भएपछि उनलाई निलम्बनको निर्णय भएको हो ।

उक्त अडियोबारे जाँचबुझ गर्नको लागि पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए ।

अडियोमा ठाकुरले १० करोड घूस मागेको सुनिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

PremNathThakur1676013130.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

उद्योगमा कोभिडको असर कायमै