नेभिगेशन
पूर्वाधार

अनलाइन ठगीमा म्यानमारमा नेपाली बन्धक

काठमाडौँ –आईटी कम्पनीमा आकर्षक तलब दिने नाममा नेपालीलाई थाइल्यान्ड र म्यानमारमा पु¥याएका केही नेपालीलाई बन्धक बनाइएको छ ।

अनलाइन ठगीमा लगाउने गिरोह थाइल्यान्ड र म्यानमारमा सक्रिय रहेको म्यानमारस्थित नेपाली राजदूतावास जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै यूएई र नेपालमा रहेका नेपालीहरुलाई त्यसरी लोभ्याउने गरिएको उल्लेख गरेको छ । यसरी रोजगारीको लोभमा परेर नठगिन दूतावासले आग्रह गरेको छ ।

दुतावासले उद्धारका लागि दैनिक धेरैले सम्पर्क गरिरहेको भन्दै यस्तो कार्यबाट जोगिन सचेत पनि गराएको छ ।

रोजगारीका नाममा अनलाइन जुवा, कल सेन्टर (क्रिप्टो करेन्सीजस्ता क्षेत्रमा काम गर्ने आईटी कम्पनीले नियन्त्रणमा लिएर पासपोर्टसमेत आफूले राख्ने गरेको र दैनिक १२ र १३ घण्टासम्म काम लगाउने गरेको विज्ञप्तिमा उल्लेख छ ।

nepal embassy1676026904.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार