Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ –प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । 

समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न ७ दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधिसभा बैठकमा पेश गरेको बताए ।

गत माघ १० गते २१ सदस्यीय समिति गठन गरिएको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिन भित्र मस्यौदा प्रतिनिधिसभामा पेश गर्ने कार्यादेश दिइएको थियो । गत माघ १३ गतेदेखि काम सुरु गरेको समितिले म्याद शुक्रबार नै सकिदै थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

 
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्