Nic Ad Nic Ad
Nic Ad Nic Ad

भरतपुर महानगरको पूरक बजेट २५ करोड ९५ लाख रुपैयाँ

शुक्रबार, माघ २७, २०७९

चितवन –भरतपुर महानगरपालिकाले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको छ ।

शुक्रबार १२ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०७९ ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए ।

चालू आर्थिक वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए ।

महानगरले आर्थिक वर्ष २०७९÷०८० कालागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ५३ करोड १३ लाख ५८ हजारमा पुस मसान्तसम्ममा ८८ करोड ६३ लाख १९ हजार रुपैयाँ अर्थात् (१७ प्रतिशत) खर्च भएको छ ।

पूँजिगत खर्चतर्फ विनियोजित ३ अर्ब ३१ करोड २८ लाख ९८ हजार रुपैयाँमा पुस मसान्तसम्म ५३ करोड ८३ लाख १७ हजार रुपैयाँ अर्थात् (३५ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्व ५० करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस मसान्तसम्म जम्मा ३४ करोड ३४ लाख २९ हजार रुपैयाँ अर्थात्(२२ प्रतिशत) संकलन भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा सञ्चित कोषमा मौज्दात रहेको रकम १ अर्ब ७ करोड ५ लाख, विनियोजन चालु तथा पुँजिगततर्फ फ्रिजभई संचित कोषमा फिर्ता गरिएको रकम ४८ करोड ४५ लाख ४१ हजार रुपैयाँ गरी जम्मा एकमुष्ठ १ अर्ब ५५ करोड ९५ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्