ओली र ठाकुरबीच बालकोटमा राष्ट्रपति उम्मेदवारबारे छलफल
काठमाडौँ –संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन सकिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर एउटै गाडीमा बाहिरिए ।
उनीहरू बैठक कक्षबाट बाहिर निस्किएपछि ठाकुरलाई गाडी चढाउन ओलीले नै सहजिकरण गरे ।
ओलीको गाडीमा लिफ्ट लिएर बालकोटा पुगेका ठाकुर र ओलीबीच छलफल भइरहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यता सत्तारूढ गठबन्धनमा पनि राष्ट्रपतिको उम्मेदवारको विषयमा मत भिन्नता छ ।
प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्ने बताइरहेका छन् । तर, एमाले अध्यक्ष ओलीले भने त्यसलाई इन्कार गरेका छन् ।
पुस १० मा एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्दा ठाकुरले सहयोग गरेका थिएनन् । तर, पुस २६ मा संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत भने उनको पार्टीले दिएको थियो ।
राष्ट्रपति निर्वाचनकै विषयमा छलफल गर्न ओलीले ठाकुरलाई आफ्नै गाडिमा लिफ्ट दिएर बालकोट पु¥याएको बताइएको छ ।