Nic Ad Nic Ad
Nic Ad Nic Ad

घूस खुवाउनुपर्ने व्यवस्था अन्त्य हुन्छ : पर्यटनमन्त्री किराँती

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घूस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले 

मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए । महाप्रवन्धक ठाकुरले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै थाई एयरवेजसँग करोडौं घुस लिने गरेकाले निलम्वन गरिएको बताए । यस्तै उनले आफूले कसैको एक पैसा पनि नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घूस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने मन्त्री किराँतीको भनाइ छ । उनले सुशासन विधिको शासनभन्दा बाहिर कोही पनि चल्न नसक्ने बताएका थिए । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरूलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको पनि मन्त्री किराँतीले बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्