चितवनमा अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी सुरु
चितवन –चितवनमा कृषिसम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको आयोजनामा शुक्रबारदेखि ‘नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी’ सुरु भएको हो । माघ २९ गतेसम्म सञ्चालन हुने प्रर्दशनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले गरिन् ।
उत्पादित कृषि औजार तथा मेसिनरी वस्तु तथा कृषि उपजका विषयमा किसानलाई जानकारी गराउने उद्देश्यका साथ प्रर्दशनी गरिएको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । यस्तो प्रर्दशनी पाँचौ पटक हो । यसअघि देशका विभिन्न भागमा प्रदर्शनी भइसकेको छ ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका १०५ वटा स्टलहरु छन् । यहाँ नेपाल, भारत, चीन र ताईवानका कम्पनीका स्टलहरू रहेका छन् । त्यसमध्ये नेपालका ४५ वटा स्टल रहेको छ ।
प्रर्दशनीमा कृषि, डेरी तथा पोल्ट्री, माछापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, विषादीरहित कृषि बारेमा जानकारी लिन सकिनेछ ।
प्रर्दशनीमा देश भरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा आयोजकले विश्वास लिएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना–साना औजार, मेसिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरूको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजकको विश्वास छ ।