राष्ट्रिय करातेमा पुलिसलाई थप ५ स्वर्ण
काठमाडौँ –नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन ५ वटा स्वर्ण पदक थपेको छ ।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ ।
प्रतियोगिताको पहिलो दिन बिहीबार पुलिसले ३ र एपिएफ क्लबले २ वटा स्वर्ण पदक जितेको थियो ।
१७ इभेन्ट्स मध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक ८, एपिएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ ।
प्रदेशका टोलीले भने अहिले सम्म स्वर्णको खाता खोल्न सकेका छैनन् । प्रतियोगिताको अन्तिम दिन शनिबार ५ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९ १९:३८
प्रतिक्रिया दिनुहोस्