Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वको सबै भन्दा ढीलो चल्ने रेल...

शनिबार, माघ २८, २०७९

काठमाडौँ – विश्व प्रविधिको सवालमा धेरै अगाडि पुगेको छ । सुपर फास्ट रेलको आविस्कारले अझ कति अगाडि बढिएको छ भन्ने अनुमान हुन्छ ।

केही घण्टामा पृथ्वीलाई चक्कर लगाउने रेलको आविस्कार भइरहेको अहिलेको अवस्थामा भारतमा एउटा रेलले १ घण्टामा १० किलोमिटरमात्र दुरी तय  गर्छ भन्दा अच्चममा नपर्नु होला । 

विश्वका ठुला रेलवे नेटवर्कमा भारतको रेलवे पनि पर्छ । यसका साथसाथै भारतीय रेलवे भारत एक्सप्रेस, गतिमान एक्सप्रेस, राजधानी एक्सप्रेस, शताब्दी एक्सप्रेस र दुरन्तो एक्सप्रेस जस्ता उच्च गतिका ट्रेनहरूका लागि पनि भारत प्रसिद्ध छ । तर, यी मध्ये कुनै पनि रेलमा यात्रा गर्नु एक रोमाञ्चक अनुभव हो।

तर, आज हामी भातरतको सबै भन्दा ढिलो रेलको बारेमा जान्ने छौँ ? हो, भारतमा एउटा यस्तो ट्रेन छ जुन औसत १० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्छ । यो ट्रेन मेट्टुपालयम ऊटी नीलगिरी यात्री ट्रेन हो ।

मेट्टुपालयम र ऊटी बीचको दूरी ४६ किलोमिटर छ । रेल यात्रा मेट्टुपालयम रेलवे स्टेशनबाट सुरु हुन्छ र ऊटी स्टेशनमा समाप्त हुन्छ । बाटोमा यो केलर, कुन्नूर, वेलिंग्टन, लभडेल र ओटाकामुन्ड स्टेशनहरू नामक ५ स्टेशनहरू हुँदै जान्छ। र यो रेलले यो दूरी पार गर्न करिब ५ घण्टा लाग्छ। 

ट्रेनलाई विशेष गरी दार्जिलिङ हिमालयन रेलवेको विस्तारको रूपमा जुलाई २००५ मा युनेस्कोद्वारा विश्व सम्पदा स्थलको रूपमा तोकिएको थियो।
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०६:४५
प्रतिक्रिया दिनुहोस्