Nic Ad Nic Ad
Nic Ad Nic Ad

बसन्त थापाकाे ठाडो भाका ‘दरमखोला’

शनिबार, माघ २८, २०७९

गण्डकी- मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो । 

सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन्। संगीत रचना गायक थापा आफैँले गरेका छन् । 

ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो । 

पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गर्थ्याे । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । संगीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका संकटमा परेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०६:४९
प्रतिक्रिया दिनुहोस्