Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरिक एसिड भएकाले खानै नहुने ४ खानेकुरा

शनिबार, माघ २८, २०७९

काठमाडौँ– हाम्रो शरीरको साना जोर्नीहरूमा युरिक एसिड जम्मा हुन्छ र यसका कारण गाउटको समस्या हुन्छ । 

जसमा हात र खुट्टाको साना जोर्नीहरूमा कडा दुखाइ हुन्छ । यदि युरिक एसिडको मात्रा सीमाभन्दा बढी भयो भने मिर्गाैलामा पत्थरी हुने र मिर्गौला फेल हुने खतरा पनि बढ्छ । यही कारणले गर्दा मानिसहरूलाई सधैँ युरिक एसिड नियन्त्रणमा राख्न सल्लाह दिइन्छ। 

ठुलो संख्यामा मानिसहरु उच्च युरिक एसिडसँग संघर्ष गरिरहेका छन् । उनीहरुमा युवाहरुको सँख्या धेरै छ । खानपानमा स–साना गल्तीका कारण पनि युरिक एसिडको मात्रा बढ्छ ।

युरिक एसिड बढ्नुको एउटा प्रमुख कारण उच्च प्युरिनयुक्त खानेकुराको अत्यधिक सेवन पनि हो । चिनीको मात्रा बढी भएको खानेकुरा र पेय पदार्थहरू त्याग्दा पनि धेरै स्वास्थ्य लाभहरू हुन्छन्। यदि तपाईले आफ्नो खानपान र जीवनशैलीमा स्वस्थकर परिवर्तन गर्नुभयो भने तपाई युरिक एसिडको समस्याबाट सदाका लागि छुटकारा पाउन सक्नुहुन्छ । 

आज हामी तपाईलाई त्यस्ता ४ खानेकुराको बारेमा बताइरहेका छौँ, जसको सेवन गर्दा युरिक एसिडका बिरामीले पनि गाउट र मिर्गौला फेलजस्ता गम्भीर समस्याको सामना गर्न सक्छन् ।

युरिक एसिडका बिरामीले खानुहुँदैन यी ४ खानेकुरा !

ह्वाइट ब्रेड :– ह्वाइट ब्रेड खाँदा युरिक एसिडको मात्रा र रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्न सक्छ । यसमा परिष्कृत कार्बोहाइड्रेटको मात्रा हुन्छ, जसले गर्दा गाउटको जोखिम पनि बढ्छ । युरिक एसिडका बिरामीले ह्वाइट ब्रेडबाट टाढा रहनुपर्छ ।

रेड मिट :– युरिक एसिडका बिरामीका लागि रातो मासुको सेवन सबैभन्दा खतरनाक मानिन्छ । यसमा उच्च प्यूरिन हुन्छ, जसले युरिक एसिड बढाएर गाउटको समस्या निम्त्याउन सक्छ । मांसाहारी खानेकुरा नखाएमा युरिक एसिडलाई सजिलै नियन्त्रण गर्न सकिन्छ ।

सि–फुड :– युरिक एसिड र गाउटको समस्याबाट पीडित व्यक्तिहरूले समुद्री खाना (सि–फुड) बाट पनि टाढा रहनुपर्छ । झिंगा, ओइस्टर, क्र्याब र लोबस्टर जस्ता समुद्री खानाहरू मध्यम मात्रामा खान सकिन्छ । यसबाहेक अन्य समुद्री खानाले यूरिक एसिडलाई द्रुत रूपमा बढाउन सक्छ।

मह :- महको अत्याधिक सेवनले पनि युरिक एसिडको समस्या निम्त्याउन सक्छ । महमा फ्रक्टोजको मात्रा बढी हुन्छ र यसले शरीरमा प्युरिन निकाल्छ । बेलाबेलामा महको सेवन गर्नु ठिक हुन्छ, तर यसको अत्यधिक सेवन गर्नु हुँदैन ।
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्