खोकनाका किसानको बारीमा फुलेको तोरी [तस्बिर कथा]
काठमाडौँ - यतिबेला ललितपुरको खोकनाका किसानको बारीमा तोरी फुलेको छ। माघ महिनाको मन्दमन्द जाडोमा फुलेको तोरीको फूलले खेतबारीको रूपनै फेरिएको छ।
खण्डखण्डमा बिभाजन भएको कहीँ अग्ला र कहीँ होचा भएको खेतमा फुलेको तोरीको फूलले खोकना रंगिन र सुन्दर देखिएको छ। साँझपखको डुब्न लागेको घामको किरणमा अझ खुलेको तोरीको फुल असाध्यै सुन्दर देखिएको छ।
खोकनाको मुख्य आकर्षण भनेकै भान्सामा प्रयोग हुने तेल हो। नेवारी समुदाय र बस्तीले भरिएको खोकनाबासीको मुख्य पेसा भनेकै तोरीको तेल हो।
त्यहाँको स्थानीयले विशेष गरि तेलको ब्यापार गर्ने गर्दछ। अझ गुणस्तरको आधारमा उत्कृस्ट मानिने भनेकै खोकनाको तेल हो। अरु स्थानमा पनि तेल उत्पादन नहुने होइन तर पुर्ख्याैली पेसाकै आधारमा अझै नयाँ पुस्तालेसमेत यसैलाई निरन्तरता दिएको छ।
विशेष गरी नेवारी समुदायको भान्सामा प्रयोग हुने तेल अर्थ भुटेको तोरीको तेल विशेष उत्पादन हुने गर्दछ। परापूर्वकालदेखि खोकनाको तेल विशेष गरी भक्तपुर र काठमाडाैँका नेवारहरुले प्रयोग गर्ने गरेको छ।