Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाले आफ्नो आकासमा भएको अर्काे शंकास्पद वस्तु खसाल्यो

शनिबार, माघ २८, २०७९

काठमाडौँ – अमेरिकाले आफ्नो आकासमा भएको शंकास्पद वस्तु खसालेको जनाएको छ । चिनियाँ जासुस बेलुनलाई खसालेको ६ दिनपछि पुनः अमेरिकाले आकासमा रहेको अर्को शंकास्पद वस्तु खसालेको हो । 

यो शंकास्पद वस्तु अमेरिकाको अलास्कामा ४० हजार फिट माथि उडिरहेको थियो। यसको साइज अघिल्लो जासूस बेलुन भन्दा कम थियो। आकासमा सानो गाडी जस्तो देखिएको थियो । यद्यपि यो अज्ञात वस्तुको उद्देश्य के थियो भन्ने नखुलेको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन् । 

समाचार एजेन्सी एएफपीका अनुसार ह्वाइट हाउसले अमेरिकी लडाकु विमानले शुक्रबार अलास्कामा अज्ञात वस्तु खसालेको जनाएको छ। चिनियाँ जासुसी बेलुन खसेको ६ दिनपछि आकाशमा यस्तै अर्को वस्तु देखिएको छ । राष्ट्रपति जो बाइडेनको आदेश पछि यसलाई खसालिएको थियो । 

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले नयाँ वस्तुको उद्देश्य वा उत्पत्ति के हो भन्ने स्पष्ट नभएको तर यो नागरिक उड्डयनका लागि खतरा भएको बताए। यो वस्तु गत हप्ता संयुक्त राज्य अमेरिकामा घुमिरहेको विशाल चिनियाँ बेलुन भन्दा धेरै सानो थियो ।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्