नेभिगेशन
समाज विविध

हात्तीका लागि थापेकाे धरापमा परेर झापामा १ जनाकाे मृत्यु

काठमाडाैँ – झापामा विद्युतीय धरापमा परेर १ जनाकाे मृत्यु भएकाे छ । हात्तीकाे आक्रमण राेक्न थापेकाे वद्युतीय धरापमा परेर खेम श्रेष्ठकाे मृत्यु भएकाे हाे । 

श्रेष्ठ बिर्तामोड नगरपालिका- ७  बाह्रघरेका हुन् । ४९ वर्षीय उनकाे शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले जंगली हात्तीबाट जोगिन घरवरिपरि धराप राखेका थिए ।

राति पिसाब गर्न निस्किँएका बेला उनी आफैंले राखेको विद्युतीय धरापमा परेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध