Nic Ad Nic Ad
Nic Ad Nic Ad

विशिष्ट व्यक्तिको सवारीमा नागरिकलाई असुविधा नहुने व्यवस्था गर्न गगन थापाको सुझाव

शनिबार, माघ २८, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिकहरूको सुरक्षासम्बन्धी कार्यविधि बदल्नुपर्ने सुझाएका छन् । राष्ट्रपति र अन्य विशिष्ट व्यक्तिहरूको सवारीका बेला नागरिकलाई असुविधा पु¥याउन नपाउने व्यवस्था गर्नुपर्ने महामन्त्री थापाले सुझाव दिएका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।’

राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको उनको धारणा छ । महामन्त्री थापाले यसो हुनुमा तामझाम शैली पनि एक भएको टिप्पणी गरेका छन् । ‘संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ फेसबुकमा थापाले लेखेका छन् ।

gagan1676104246.JPG

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्