नेभिगेशन
समाज विविध

ट्रमा सेन्टरका डाक्टरलाई कुट्ने प्रहरी निलम्बित

काठमाडौँ –ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा.जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार गुरुङलाई निलम्बन गरिएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा. सिंहमाथि हातपात गरेका थिए । सिंहलाई कुटपिट गरिएको विरोधमा ट्रमा सेन्टरका कर्मचारी र डाक्टरहरू प्रदर्शनमा उत्रिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध