नेभिगेशन
समाचार

सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरु : अध्यक्ष नेपाल

काठमाडौँ –नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरू भएको बताएका छन् । उनले राष्ट्रपति निर्वाचनपछि देशमा नयाँ राजनीतिक परिवेश बन्ने बताए । 

राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको राष्ट्रिय राजनीतिमा आफूहरूको कमजोर अवस्था नरहेको दाबी गरे ।

‘भर्खरै सुदूरपश्चिमको एमाले नेतृत्वको सरकार ढल्यो । एमालेलाई ठूलो धक्का परेको छ । यस्तो धक्का सुदूरपश्चिमबाट सुरू भएको छ, यो त त्यसको पहिलो सुरूवात मात्रै हो’, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले राष्ट्रपतिको निर्वाचनपछि देशमा नयाँ राजनीतिक परिवेश सिर्जना हुने समेत दाबी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार