Nic Ad Nic Ad
Nic Ad Nic Ad

२५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

शनिबार, माघ २८, २०७९

कालीकोट– कालीकोटको फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनःस्थापना गरिएको छ । द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनःस्थापना भएको हो ।

रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरीचौकी १९८१ सालमा तत्कालीन राणाकालीन समयमा स्थापित भएको थियो । २०५४ सालमा विस्थापित भएको प्रहरी चौकी पुनःस्थापना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । 

‘तत्कालीन सुरक्षाका कारणले प्रहरीचौकी नजिकैको इलाका प्रहरी कार्यालय रास्कोटमा सारिएको थियो’, उनले भने, ‘स्थायी प्रहरीचौकी भएका कारणले पुनःस्थापना गरिएको छ ।’

प्रहरीचौकीमा १ प्रहरी सहायक निरीक्षकसहित १० प्रहरीको दरबन्दी रहेको छ ।

स्थानीयको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।  

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्