नेभिगेशन
समाज विविध

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

काठमाडौँ–प्रहरीले डाम्टरलाई कुटपिट गरेको विरोध नेपाल चिकित्सक संघ विरोधमा उत्रिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार संसद भवनमा सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनाबाट गम्भीर ध्यानाकर्षण भएको संघले बताएको छ । संघले शनिबार विज्ञप्ति जारी गरी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा त्यसको विरोधमा आइतबार माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरूमा आकस्मिक  सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि  भीभीआइपीको सुरक्षाका नाममा  प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सिर्जना गरिएकोप्रति स्तब्ध भएको जनाएको छ ।

लोकका लागि स्थापित  गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने काम भएको भन्दै संघले सवारीको नाममा  अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको जनाएको छ । गणतन्त्र नेपालमा यो वा त्यो बहानामा दुःख, सास्ती र अस्वभनीय कार्य सदाका लागि बन्द गर्न समेत संघले सरकार र सरोकारवाला निकायसँग माग गरिएको छ ।

Capture111_mX6YRDmu2S1676113856.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता