Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्मिता र भिष्मको स्वरमा ‘अम्खरामा पानी’ सार्वजनिक

शनिबार, माघ २८, २०७९

काठमाडौँ– लोकशैलीको ‘अम्खरामा पानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको स्वर सुन्न सकिन्छ ।

तेजश रेग्मीको शब्द, संगीत रहेको छ गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् । 

भिडियोको निर्माण सिमा रेग्मीले गरेकी हुन् । बन्दे प्रसादले सम्पादन गरेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो ।

भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ। मोदीखोलामाथि छायांकन गरिएको गरिएको भिडियोमा सुधिर, लोसिना, लोमश र स्मारिकालाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् । 

गायक अधिकारीको स्वरमा यो पहिलो गीत हो । पेशाले स्ट्रक्चरल इन्जिनियर र व्यवसायी समेत रहेका गायक अधिकारी हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । 

यसअघि उनको शब्दमा समावेश  ‘माया टिकटके’ दर्शक स्रोतामा लोकप्रिय छ । 

भिडियो हेरौँ

 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्