Nic Ad Nic Ad
Nic Ad Nic Ad

तुलसीपुर विमानस्थलको डिपिआर पूरा

आइतबार, माघ २९, २०७९

तुलसीपुर– दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको  विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।  डिपिआरअनुसार विभिन्न ४ विकल्प दिइएको छ । 

samridhi jewllers

अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा १ हजार ५ सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर १ हजार ७ सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिए।

उनले डिपिआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेकोसमेत बताए।  छलफलपछि निष्कर्ष निकाल्ने र साेही अनुसार संघीय सरकारसँग बजेटका लागि पहल गर्ने तयारी रहेको जनाइएको छ ।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटरमात्रै लम्बाइ छ । त्यसमा १९ सिटेभन्दा ठुला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ ।

हाल नेपाल एयरलाइन्सको १९ सिटे ट्वीनेटरले उडान भरिरहेको छ । आगामी फागुन ३ गतेदेखि सीता एयरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर भाडा भने ८ हजार कायम रहनेछ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ०६:३८
प्रतिक्रिया दिनुहोस्