नेभिगेशन
समाज विविध

चिकित्सक संघद्वारा आज आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द

काठमाडौँ– नेपाल चिकित्सक संघले आज देशभरको स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रहरीले डाक्टरलाई कुटपिट गरेको घटनाको विरोधमा संघले स्वास्थ्य सेवा बन्द गर्न लागेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले स्वास्थ्यकर्मीमाथि लाठीचार्ज गरेको थियो । संघले शनिबार विज्ञप्ति जारी गर्दै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा त्यसको विरोधमा आइतबार माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरूमा आकस्मिक  सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि  भीभीआइपीको सुरक्षाका नाममा  प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सिर्जना गरिएकोप्रति स्तब्ध भएको जनाएको छ ।

nepal chikitsak sang1676164416.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध