टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, लुटपाटमा संलग्न ४८ जना पक्राउ
काठमाडौँ– टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । अझै मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
विभिन्न देशका उद्धारकर्मीले उद्धारकार्य गरिरहेका हुन्छन् । भूकम्पका कारण टर्कीको एन्टाक्या, सानलिउर्फा र सिरियाको अलेप्पो सहर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
भग्नावशेष मुनि पुरिएकाहरुको ज्यान जोगाउन सकियोस् भनेर नेपाल लगायत विश्वका धेरै देशले टर्कीमा उद्धार कार्य चलाइरहेका छन् ।
टर्कीमा विनाशकारी भूकम्पपछि लुटपाट गरेको आरोपमा ४८ जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।
यसैबीच, टर्कीमा राहत र उद्धार कार्यमा संलग्न कर्मचारीहरूले भत्किएको भवनको भग्नावशेषबाट ८ वर्षीया बालिकाको उद्धार गरेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ ०७:३०
प्रतिक्रिया दिनुहोस्