राजनीतिक संयन्त्र बैठक बालुवाटारमा
काठमाडौँ– उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी छ ।
बैठकमा राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी छन् ।
रास्वपा सरकारबाट बाहिरिएको, सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेको र राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजिनुपर्ने माओवादी केन्द्रको अडानलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको छ ।
बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छैनन् । उनीहरू शुक्रबार बसेको बैठकमा पनि सहभागी थिएनन् ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ १०:०८
प्रतिक्रिया दिनुहोस्