Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्ज गर्ने सम्झौता

आइतबार, माघ २९, २०७९

काठमाडौँ –आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बन्ने भएको छ ।

२ कम्पनी एकआपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भएको हो । नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सम्झौता भएको हो । 

सम्झौतामा आईएमईका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।

मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आउँदो विशेष साधारण सभामा लगिने भएको छ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवम् डीडीए रिपोर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स लि.र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात कायम रहने गरी सम्झौता भएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्