नेभिगेशन
समाज विविध

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, चिकित्सकहरू काममा फर्किने [सहमति पत्रसहित]

काठमाडाैं- डाक्टरलाई प्रहरीले कुटपिट गरेको विरोधमा देशभरका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले आन्दोलनका सबै कायैक्रम फिर्ता लिएको छ ।

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएकाे छ । संघले आन्दोलन फिर्ता लिएसँगै देशैभरका सरकारी अस्पतालको सेवा नियमित भएको छ ।

राष्ट्रपतिको सवारीको सुरक्षा व्यवस्थापन गर्ने क्रममा प्रहरीबाट कुटिएका डाक्टरको उपचार सरकारले गर्ने, विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायत संवेदनशील संस्था आदिको असहज नहुने गरी सवारी व्यवस्थापन गर्न १ साताभित्र सुझाव पेस गर्नेलगायत सहमति भएको छ । 

sahamati1676183377.jpg

Agreement1676183046.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध