Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेगवे–नाइनबटको नयाँ हाई–पावर ई–स्कुटर सार्वजनिक

आइतबार, माघ २९, २०७९

काठमाडौँ –सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले एन–सिरिजअन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ । नाइनबट एन १०० ई–स्कुटर सार्वजनिक गरिएको हो । यो एन सिरिजअन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो ।

यसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । एन १०० मा २२ सय वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटरजडित छ । जसले गर्दा एकपटकको चार्जमा १०५ किमिसम्मको यात्रा गर्न सकिन्छ ।

यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राइडी गोजस्ता स्मार्ट टेक्नोलोजीसहित उत्कृष्ट सुविधाहरूले सुसज्जित छ । जसमा मोबाइल अनुप्रयोगमार्फत स्वचालित अनलक गर्ने वा स्कुटर पोजिसन गर्नेजस्ता कार्यका लागि धेरै सेन्सरहरू छन् ।

बलियो इन्जिन र प्रभावशाली ब्याट्रीहरूको अलावा यो आकारमा ठूलो छ । सेगवे नाइनबट एन १०० एक सुविधाजनक इलेक्ट्रिक स्कुटर हो । सहरी छोटो यात्राका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्