लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने
दोधारा चाँदनी- कञ्चनपुरमा आगामी फागुन २० देखि ७औँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने ७औँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना महामारीका कारण २ वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए । 'हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुनसकेन, यस वर्षदेखि पुनःप्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ ,' उनले भने ।
उनका अनुसार १० दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद २ लाख ११ हजार १११ सहित ट्रफी, उप-विजेताले नगद १ लाख ११ हजार १११ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अमित विकले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितमा उत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीलाई जनही ५/५ हजार प्रदान गरिनेछ । क्लबले प्रतियोगिताको पूर्व सन्ध्यामा सामुदायिक विद्यालय अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । त्यसैगरी लालझाडी गाउँपालिका–१ स्थित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट अरिब ८ सय सेवाग्राहीले सेवा लिएको क्लबले जनाएको छ ।