Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिकटकमा ट्रेन्डिङ्ग अर्नाकोे नयाँ गीत

आइतबार, माघ २९, २०७९

काठमाडौँ –गीत संगीतलाई आत्मसात गर्दै अगाडि बढिरहेको अर्ना बियरले आफ्नो नयाँ गीत ‘पानी हैन मलाई अर्ना दे’ सार्वजनिक गरेको छ । 
नेपाल हिप्प रेकर्ड्सले प्रस्तुत गरेको यो गीत अर्नासँग कन्टेस्ट २०२२ को विजेता समेत बन्न सफल भएको थियो । १० लाख रुपैयाँ पुरस्कार राशीका विजेता बन्न सफल यस गीतको म्यूजिक भिडियोमा आकर्षक र मनमोहक दृश्यहरू प्रस्तुत गरिएको छ ।  
सार्वजनिक भएको गीतको हुक लाइन हाल टिकटकमा निकै नै चर्चामा रहेको छ । गीतमा रहेको मनमोहक बीटहरूमा टिकटकरहरूको उत्साहजनक सहभागिताले गीलाई टिकटकको ट्रेन्डिङ्गको उचाईमा पु¥याएको छ । साधरण र बोलीचालीको शब्द प्रयोग गरी लेखिएको यो गीत नाच्न र रमाउने सबैका लागि उपयुक्त छ । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्