नेभिगेशन
समाचार

धनगढी पुगेर माधव नेपालले भने– रेशमलाई रिहाइ गर्नुपर्छ

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रेशम चौधरी रिहाइ हुनुपर्ने बताएका हुन् । 

‘रेशमलाई रिहाइ गर्न आवश्यक छ । रेशममात्र होइन हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा जस्ता राजनीतिक प्रकृतिका मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ’, नेपालले भने । 

उनले आफ्नो पार्टीसँग सम्बन्धित मुद्दा पनि चाँडो टुंगो लाग्नुपर्ने बताएका छन् ।

रेशम चौधरी टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।

उनलाई रिहाइ गर्नको लागि यसअघिको शेरबहादुर देउवा नेतृत्वको सकारले अध्यादेश जारी गरेको भए पनि सर्वत्र विरोध भएपछि राष्ट्रपति कार्यालयबाट उक्त अध्यादेश जारी नै भएन । 

नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको माग गर्दै आएको छ । चौधरीको रिहाइमा सरकार तयार नभएको भन्दै सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार