Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारमा पुनः फर्किने विषयमा रास्वपाले थाल्यो छलफल

आइतबार, माघ २९, २०७९

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा पुनः सहभागि हुने विषयमा छलफलमा जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले रास्वपालाई सरकारमा आउने आग्रह गरेको थियो । संयन्त्र बैठकले आग्रह गरेपछि रास्वपाले सरकारमा पुनः सहभागि हुने विषयमा छलफल थालेको हो । त्यहि विषयमा थप छलफल गर्न पार्टीकोे बैठक अहिले चलिरहेकोे छ । 

बालुवाटार बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी भएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेपछि रास्वपा सरकारमा फर्कने विषयमा छलफल भइरहेको बैठकमा सहभागि रास्वपाका एक नेताले जानकारी दिए ।

रास्वपाका कारण राजनीतिक अस्थिरता नआओस् भनेर सरकारमा पुनः जाने गरी छलफल भइरहेको ती नेताले बताए ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्