प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची
काठमाडौं- आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।
त्यसैगरी, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पनि संसद बैठकमा पेश गर्ने तयारी गरेका छन् ।
जनार्दन शर्माले ल्याएको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अर्थमन्त्री पौडेलले प्रस्तुत गर्न लागेका हुन् ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ १४:४५
प्रतिक्रिया दिनुहोस्