Nic Ad Nic Ad
Nic Ad Nic Ad

साताको पहिलो दिन शेयर बजार राताम्मे

आइतबार, माघ २९, २०७९

काठमाडौँ –हप्ताको पहिलो दिन आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से ६० दशमलव ७७ अङ्कले घटेर २ हजार १२१ दशमलव ८७ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । २५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता शेयर ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला जलविद्युत्, ग्रीन लाइफ हाइड्रो, वरुण हाइड्रो र राधी जलविद्युत् कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि खप्तड लघुवित्तको शेयर साढे ४ प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर साढे ३ प्रतिशतले बढेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार