Nic Ad Nic Ad
Nic Ad Nic Ad

८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिँदैन : अर्थमन्त्री

आइतबार, माघ २९, २०७९

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको लागि सरकारले लिएको लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल नहुने बताएका छन् ।

संसद्मा बजेटको मध्यावधि समीक्षा पेस गर्दै अर्थमन्त्री पाडैलले यस्तो बताएका हुन् ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो । अहिलेसम्मको तथ्यांकले सो लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

यस्तै, सरकारको लक्ष्यअनुसारको सीमाभन्दा मूल्य वृद्धि बढी भएको पनि उनले जानकारी दिए । सरकारको लक्ष्य अनुसार राजस्व संकलन नभएर थप चुनौती बढेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्