Nic Ad Nic Ad
Nic Ad Nic Ad

लघुवित्तको कारण आत्महत्यामा वृद्धि : भण्डारी

आइतबार, माघ २९, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले लघुवित्तको चर्को ब्याजदरका कारण धेरै मानिसले आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए । उनले लघुवित्तका कारण बढीजसो महिलाले आत्महत्या गर्ने गरेका भन्दै यसबारेमा सरकार मौन बसेको बताए ।

लघुवित्तका कारण आत्महत्या गर्न बाध्य मानिसलाई सरकारले सुरक्षित गर्नुपर्ने बताउँदै उनले अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताए ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्