मतपत्र छाप्न सकिन्छ, किताब छाप्न किन सकिँदैन ? : ज्ञानेन्द्र शाही
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हिमाली जिल्लाहरूमा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएकाले तुरुन्तै किताब उपलब्ध गराउन माग गरे ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद शाहीले हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिने र फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुने भए पनि अहिलेसम्म किताब नपुगेको बताए ।
‘७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भनेको छ । हिमाली जिल्लाका सबै ठाउँमा यही फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुँदै छ,’ उनले भने, ‘बाँकी २ महिना त्यहाँका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन ।’
सरकारले समयमै मतपत्र छाप्न सक्ने तर किताब छाप्न किन सक्दैन ? भनेर उनले प्रश्न गरे ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ १६:४८
प्रतिक्रिया दिनुहोस्