Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी : ७ मन्त्रीले लिए शपथ

आइतबार, माघ २९, २०७९

दाङ– लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरूले पद तथा गाेपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा शपथ दिलाएका हुन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट १–१ जना नियुक्त भएका थिए ।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारू, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् ।

यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् । सरकारलाई समर्थन गरेका जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्