चितवन–२ मा उपनिर्वाचन १० वैशाखमा
काठमाडौँ–निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको छ ।
आयोगले चितवन –२ मा १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
मंसिर ४ मा भएको निर्वाचनमा त्यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिए पछि सो क्षेत्र रिक्त भएको हो ।
रिक्त पदका लागि आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ १७:२९
प्रतिक्रिया दिनुहोस्