नेभिगेशन
समाचार

बिदामा विवाद: कमल थापाले भने– माओवादी आतंक राष्ट्रिय पर्व हुन सक्दैन

काठमाडौँ– सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । 

राप्रपा नेपालका अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत हजारौं निर्दोषको ज्यान लिने माओवादी आतंक राष्ट्रिय पर्व हुन नसक्ने तर्क गरेका छन्।

‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरुगरेको दिनको सम्झनामा फागुन १गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक छ । हजारौ निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन। राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ?’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार