Nic Ad Nic Ad
Nic Ad Nic Ad

३९ जिल्लामा पोलियो खोप अभियान सञ्चालक गर्दै पाकिस्तान

सोमबार, फागुन १, २०७९

इस्लामाबाद– पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने  स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरको नमुनामा वाइल्ड पोलियोभाइरस पोजेटिभ देखिएपछि पाँचदिने पोलियो अभियान प्रारम्भ गरिएको मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यो अभियान उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तको दक्षिणी भागका सात स्थानीय जिल्लाहरू र पूर्वी पञ्जाब प्रान्तका दुई जिल्लाहरूसहित नौ जिल्लाहरूमा पूर्णरूपमा सुरु हुनेछ भने बाँकी ३० जिल्लामा आंशिक अभियान सञ्चालन गरी बालबालिकालाई खोप लगाइने जानकारी दिइएको छ ।

सन् २०२३ को पहिलो पोजेटिभ नमुना गत जनवरी १९ मा फेला परेको थियो । अनुसन्धानले  सन् २०२२ नोभेम्बर मा अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पत्ता लागेको पोलियो भाइरससँग आनुवंशिक रूपमा मिल्दो देखाएको थियो । 

त्यसैगरी दोस्रो पोजेटिभ नमुना जनवरी २७ मा भेटिएको थियो जुन आनुवंशिक रूपमा दक्षिणी केपीमा फैलिएको भाइरससँग मिल्दो रहेको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्