सोमालिया हवाई आक्रमण : अल–शबाबका १२ लडाकु मारिए
मोगादिसु– सोमाली नेसनल आर्मीले गरेको हवाई आक्रमणमा मध्य क्षेत्रमा १२ अल(शबाब लडाकु मारिएको सेनाले आइतबार जनाएको छ ।
सोमालिया सरकारको अनुरोधमा शुक्रबार गरिएको सामूहिक आत्मरक्षा हवाई हमला सोमालियाको होबियोबाट ४५ किलोमिटर दक्षिणपश्चिमस्थित दुर्गम क्षेत्रमा भएको सेनाले संयुक्त वक्तव्यमा उल्लेख गरेको छ ।
राष्ट्रपति हसन शेख मोहम्मदले सन् २०२२ मेमा पदभार ग्रहण गरेदेखि अल-कायदासम्बन्धित आतङ्कवादी सञ्जालसँग सम्बद्ध अल–शबाबविरुद्ध युद्धको घोषणा गरेका छन् ।
स्थानीय मिलिसियाको समर्थनमा रहेको सोमाली सरकारका सेनाले देशभरि भएका आतङ्कवादी हमलाहरूको श जिम्मेवारी लिने उग्रवादीहरू विरुद्धको आक्रमणलाई तीव्रता दिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९ ०७:१३
प्रतिक्रिया दिनुहोस्