नेभिगेशन
समाज विविध

ओलाङचुङगाेलालाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुङगाेलामा केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङगाेला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । 

ओलाङचुङगाेलामा भने कुनै क्षति नभएको फक्ताङलुङ-७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए । ओलाङचुङगाेलालाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता