Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनयुद्ध दिवसले वैधानिकता पाएको प्रचण्डको दाबी

सोमबार, फागुन १, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसले वैधानिकता पाएको दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको २८ औं वार्षिकोत्सवको अवसरमा सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै फागुन १ गते मनाइने जनयुद्ध दिवस ढिलै भएपनि वैधानिकता पाएको दाबी गरे ।

‘ढिलै भए पनि हिजो आइतबार नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन बिदा दिने निर्णय गरियो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो निर्णय आफैंमा ऐतिहासिक छ ।’

आजको दिन ऐतिहासिक रहेको भन्दै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउदै उनले जनयुद्ध माओवादीले नेतृत्व गरेको भएपनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस भएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्