Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

सरकारमा जाने–नजाने आजै निर्णय लिने
सोमबार, फागुन १, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

निर्वाचन आयोगले चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेपछि त्यही विषयमा छलफल गर्न संसदीय दल र केन्द्रीय समितिको बैठक बस्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । 

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्दै छ ।  बैठकले चितवन– २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउने गरी छलफल हुने उनले बताए ।

‘सरकारमा जाने–नजाने भन्ने विषयमा पनि छलफल हुन्छ,' उनले भने, 'चितवन–  २ को उपनिर्वाचनका विषयमा पनि छलफल हुन्छ । अहिलेको राजनीतिक समसामयिक विषयमा पनि छलफल हुनेछ ।’

मंसिरको निर्वाचनमा चितवन– २ रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसदबाट पदबाट निलम्बनत गरिदिएपछि त्यहाँ उपनिर्वाचन गर्ने आयोग घोषणा गरेको हो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्