Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय विदेश सचिव क्वात्रा नेपाल आइपुगे [तस्बिरहरू]

सोमबार, फागुन १, २०७९

काठमाडौँ– भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आइपुगेका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् ।

क्वात्रालाई परराष्ट्र सचिव भरतराज पौड्याललगायतले त्रिभुवन विमानस्थलमा गएर स्वागत गरेका थिए।

क्वात्रा उनै परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा ३ दिने भ्रमणका लागि नेपाल आएका हुन् ।  

उनले  फागुन १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने छन् ।

सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

330836896_553384090090898_8978992656082102765_n1676268578.jpg

329274403_544856324407481_7271328041137059378_n1676268578.jpg

330172340_481479967344491_68145722613137387_n1676268578.jpg

330421012_2202883043432810_6299663150895822716_n1676268578.jpg

330775592_1233726090889221_5289097771904643841_n1676268577.jpg

330665617_544683247457095_4480174102150552411_n1676268577.jpg

330936458_510285794611505_1494082494132340228_n1676268577.jpg

331061429_1522241011601083_3345214010765074989_n1676268577.jpg

330788938_740996790677596_5651807889891214329_n1676268577.jpg

330788938_740996790677596_5651807889891214329_n1676268206.jpg

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्