इसेवामार्फत् अब केडका सामाग्री सजिलै खरिद गर्न सकिने
काठमाडौँ –नेपालको पहिलो र अग्रणी भुक्तनी सेवा प्रदायक इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनी प्रालिबीच भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् ।
समझदारी पश्चात् भुक्तानी एकीकरण गरिने र इसेवाका ग्राहकहरूले केडका सामान खरिद गर्दा वेव चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत खड्काले इसेवाका लाखौं ग्राहकहरूले केडका गुणस्तरीय सामान खरिद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने र आउँदा दिनमा सहकार्यबाट बढी फाइदा दिन सकिने बताए ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन् । देशभर रहेका १ लाख ८५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।